मकवानपुरमा पुरुषको वेवारिसे शव फेला

मक्रान्चुली / मकवानपुरको पूर्वि क्षेत्र बागमति गाउँपालिका वडा नम्बर–९ स्यालथुमवेसीमा एक जना पुरुषको वेवारिसे शव फेला परेको छ ।

बागमती खोला किनार बगरमा ४० वर्षको जस्तो देखिने हाल नाम थर वतन नखुलेको पुरुष व्यक्तिको शव रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

अहिले उक्त पुरुषको पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा शव राखिएको छ ।

समाचार समाज स्थानीय