शेयर बजारमा दाेस्राे ‘सर्किट ब्रेक’

शेयर बजारमा दाेस्राे सकारात्मक सर्किट ब्रेक लागेकाे छ । दाेस्राे पटक सर्किट ब्रेक लागेसँगै काराेबार ४० मिनेटका लागि राेकिएकाे छ ।

आज बजार खुलेकाे १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलाे सर्किट ब्रेक लागेकाे थियाे । त्यसकाे २० मिनेटपछि फेरि खुलेकाे शेयर बजार ११ बजेर २२ मिनेटमा ५ प्रतिशतले बढेर सर्किट ब्रेक लागेकाे हाे ।

नेपाल राष्ट्र बैंकले गएकाे शुक्रवार माैद्रिक नीति ल्याएकाे थियाे । माैद्रिक नीतिपछि आज शेयर बजारमा सर्किट ब्रेक लागेकाे हाे । शेयर बजार अहिले १ सय २९ अङ्कले बढेर २ हजार ६ सय ९७ विन्दुमा पुगेर राेकिएकाे छ ।

अहिले कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्थाअनुसार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार बन्द हुने व्यवस्था छ ।

अर्थ समाचार समाज