राप्रपाले जिल्ला अध्यक्षहरुको भेला गर्ने

राप्रपाले जिल्ला अध्यक्षहरुको भेला गर्ने भएको छ । जिल्ला अध्यक्षहरूको भेला साउन १७ र १८ गते काठमाडौंमा हगर्ने भएको हो ।
भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको सचिवालय प्रमुख महामन्त्री राजेन्द्र गुरुङले जानाकारी दिएका छन् ।
भेलामा पार्टीको समग्र सांगठनिक अवस्थाको गम्भिर समिक्षा गरिने, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने, पार्टीले लिएका नीति र यसले पार्टी पंक्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने छ ।

मुख्य समाचार राजनीति समाचार