निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित प्रधानद्वारा नाम फिर्ता

हेटौंडा । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् ।
सोमबार संसदीय सुनुवाइ समितिका सभापतिलाई पत्र लेख्दै प्रधानले आफ्नो नाम फिर्ता लिएका हुन् । संवैधानिक परिषद्को सिफारिसप्रति निष्ठावान् रहँदा रहँदै पनि आफु केन्द्रित मौजुदा दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेको उनले जनाएका छन् । पत्रमा भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारी प्रति निष्ठावान् रहने बचनबद्धतासहित सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिको लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको जनाएका छन् ।

 

Screenshot_20240729_17085-1722252353.jpg
मुख्य समाचार राजनीति समाचार