कृषि समितिको सभापतिमा मगरले गरिन् उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा सांसद कुसुम थापा मगरले उम्मेदवारी दिएकी छन् ।

नेपाली कांग्रेसकी सांसद् मगरले सोमबार उम्मेदवारी दर्ता गराएकी हुन् ।

आरजु देउवा राणा परराष्ट्रमन्त्री बनेपछि रिक्त रहेको उक्त पदमा कांग्रेस सांसद वीरबहादुर बलायर प्रस्तावक र एमालेका सूर्यप्रसाद ढकाल समर्थकमा मगरले उम्मेदवारी दिएकी हुन् ।

मुख्य समाचार राजनीति समाचार