सरकारद्वारा १९ देशका लागि राजदूत सिफारिस

सरकारले १९ देशका लागि राजदूत सिफारिस गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १९ मुलुकका लागि राजदूतको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारले भारतमा शंकर शर्मालाई निरन्तरता दिएको छ । अमेरिकामा लोकदर्शन रेग्मी, चीनमा कृष्णप्रसाद ओली, बेलायतमा चन्द्रप्रसाद घिमिरे, जर्मनीमा शैल रुपाखेती, साउदी अरबमा नरेशविक्रम ढकाल, इजरायलमा धनप्रसाद पण्डित, दक्षिण अफ्रिका कपिलमान श्रेष्ठलाई सिफारिस गरिएको छ ।
त्यस्तै, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, पोर्चुगलमा प्रकाशमणि पौडेल, पाकिस्तानमा रिता धिताल, अस्ट्रेलियामा कान्ता रिजाल, स्पेनमा सनिल नेपाल र मलेसियामा नेत्रप्रसाद तिमिल्सिनालाई सिफारिस गरेको जनाइएको छ ।

मुख्य समाचार राजनीति समाचार