बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिंदै

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज विश्वासको मत लिंदैछन् । साउन ८ गते मुख्यमन्त्री नियुक्त भएका लामाले आज विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले दिउँसो ३ बजे बस्ने गरि प्रदेशसभा बैठक बोलाएका छन् ।
११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको मत चाहिन्छ । उनले गठबन्धन दल नेकपा एमालेका २७ र कांग्रेसका ३७ सांसद गरी ६४ सांसदको मत प्राप्त गर्नेछन् ।

मुख्य समाचार राजनीति समाचार