बागमती प्रदेशका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा लामाले विश्वासको मत पाएका हुन् ।
११० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५६ सांसदको मत आवश्यक पर्नेमा उनले एमाले र कांग्रेसका सांसदहरूको ६४ मत प्राप्त गरेका छन् ।
प्रदेशसभाको बैठकमा उपस्थित १०३ सदस्य मध्ये उनको विपक्षमा ३५ मत प्राप्त भएको छ भने ३ मत तटस्थमा परेको छ ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार