नेपाली बजारमा बुधबार सुनको मूल्य बढ्यो

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुन बुधबार प्रतितोला १८ सय रुपैयाँले बढेको हो ।
छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९७५ रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

अर्थ समाचार समाज