इरानमा हमास नेता इस्माइल हनियाह मारिए

। इरानमा हमास नेता इस्माइल हनियाह मारिएका छन् ।
इरानको रिभोलुसनरी गार्ड्सले देशको नयाँ राष्ट्रपतिको सपथ ग्रहण समारोहमा भाग लिएको केही घण्टापछि हानियाह मारिएको र यसबारे अनुसन्धान भइरहेको बताएको छ ।
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले घटनाको निन्दा गरेका छन् । उनले यो घटनाले आफ्नो क्षेत्रीय अखण्डता, गरिमा, सम्मान र गौरवको रक्षा गर्नेछ र आतंककारीहरूलाई तेहरानमा हमास नेता इस्माइल हनियाहको हत्या गर्ने कायरतापूर्ण कार्यको लागि पछुतो हुने जनाएका छन् ।
घटनाबारे इजरायलबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन । इजरायली सेनाले अवस्थाको मूल्यांकन गरिरहेको बताएको छ तर नागरिकहरूको लागि कुनै नयाँ सुरक्षा दिशानिर्देश जारी गरेको छैन। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दिउँसो सुरक्षा अधिकारीहरूसँग परामर्शको लागि भेट्ने अपेक्षा गरिएको छ ।
अमेरिकी रक्षा सचिव लोयड अस्टिनले वाशिङ्टनले तनाव कम गर्ने प्रयास गर्ने तर इजरायलमाथि आक्रमण भए अमेरिकाले त्यसको रक्षा गर्न मद्धत गर्ने बताए।

 

राजनीति समाचार समाज