बागमती प्रदेशसभाका विभिन्न विषयगत समितिमा हेरफेर

बागमती प्रदेशसभाका विभिन्न विषयगत समितिमा हेरफेर गरिएको छ । प्रदेशका समितिमा रहेका केही सांसद मन्त्री भएको र केही मन्त्रीबाट बाहिरिएकाले समितिमा हेरफेर गरिएको हो ।
सभामुख भुवन पाठकले बुधबार बसेको प्रदेशसभा बैठकमा कार्यव्यवस्था परामर्श समिति सदस्यमा हरिप्रभा खड्गीको स्थानमा समिता खड्गीलाई मनोनयन गरेको जानकारी दिए ।
त्यस्तै, प्रदेश मामिला समितिमा शालिकराम जम्कट्टेल, गंगानारायण श्रेष्ठ र जगन्नाथ थपलिया, सार्वजनिक लेखा समितिमा युवराज दुलाल, केशवप्रसाद पोखरेल र रामेश्वर श्रेष्ठ, शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा कुमारी मोक्तान र एकालाल श्रेष्ठलाई मनोनयन गरिएको छ ।
मनोनयनलाई प्रदेशसभा बैठकले अनुमोदन गरेको छ ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार