एमालेको बागमती प्रदेश कमिटीमा मनोनीतहरूले लिए शपथ

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यमा मनोनीत भएकाहरूले शपथ लिएका छन् ।

प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामाका अनुसार पहिलो र दोस्रो सचिवालय बैठकले ३४ जनालाई मनोनीत गर्ने निर्णय गरेको थियो ।

मनोनीतहरूलाई बुधबार राजधानीमा एक कार्यक्रम गरी शपथ गराइएको हो । उनीहरूलाई बागमती प्रदेश कमिटी अध्यक्ष कैलाल ढुंगेलले शपथ गराएका थिए ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार