हेटौंडाबाट लागूऔषध चरेशसहित दुई जना पक्राउ

पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, चुरियामाई नजिकै पिपल चौतरास्थित सडकबाट लागूऔषध चरेशसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले बिहीबार अवैध लागूऔषध चरेश १० किलो २ सय ५० ग्रामसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नवलपरासी पश्चिम रामग्राम नगरपालिका–८ बस्ने ४३ वर्षीय अनिल भर चौधरी र पर्सा सखुवा प्रसौनी गाउँपालिका–१ सथवल बस्ने २७ वर्षीय हरी गौरब रहेका छन् ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.६ ख ५८३९ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार उनीहरूको साथबाट सो परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।

समाचार समाज स्थानीय