मकवानपुरका थप ३ जनामा डेंगु पुष्टि

मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका, मनहरी र मकवानपुरगढी गाउँपालिकाका एक–एक जना गरी थप तीन जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

यससँगै जिल्लामा डेंगु संक्रमितको संख्या २९ जना पुगेको छ । जसमा ११ जना पुरुष र १८ जना महिला रहेका छन् । सो तथ्याङ्क साउन १ गतेदेखि साउन १८ गते शुक्रबार दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ७ पुरुष र १६ महिला गरी २३ जना, मकवानपुरगढी गाउँपालिकाका २ पुरुष र २ महिला गरी ४ जना, मनहरी गाउँपालिकाका एक पुरुष र बकैया गाउँपालिकाका एक जना पुरुषमा डेंगु संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा डेंगु संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

समाचार समाज स्थानीय स्वास्थ्य