सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीद्वारा राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिनुभएको छ । सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै पदबाट राजीनामा दिनुभएको हो । सोडारीले मन्तब्यका क्रममा विश्वासको मत विभाजनमा नगई मार्ग प्रशस्त गरेको घोषणा गर्नुभएको हो ।

मन्तब्य लगत्तै प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाउनुभएको छ । सोडारी एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र एक जना स्वतन्त्र सांसदको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका नेकपा एकीकृत समाजवादीका नेता सोडारी झण्डै सय दिनको कार्यकाल निकै उतारचढावपूर्ण बनेको थियो ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार