यस वर्षको मिस नेपाल वर्ल्ड-२०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् ।
शनिबार काठमाडौँमा आयोजित अन्तिम प्रतिष्पर्धामामा केसी मिस नेपाल वर्ल्ड –२०२४ घोषित भइन्। २५ सुन्दरीलाई पछि पार्दै मिस नेपाल बनेकी उनलाई २०२३ की मिस नेपाल श्रीच्छा प्रधानले ताज लगाइदिएकी थिइन् ।
श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन् ।
हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको यो ३० औँ संस्करण हो ।