एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको नगर स्तरीय शैक्षिक समन्वय समितिले नगर भित्रको आठ सामुदायिक विद्यालयसहित विद्यार्थीहरुलाई सम्मान गरेको छ । उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आठ सामुदायिक विद्यालय र ६६ जना विद्यार्थीलाई सम्मान गरिएको हो ।

शैक्षिक समन्वय समितिले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ठ अंक प्राप्त गरी उर्तिण गरेका विद्यार्थी र उत्कृष्ठ नतिजा ल्याउने विद्यालयलाई शनिबार एक कार्यक्रमबीच सम्मान गरेको हो । कार्यक्रम नगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यता एवम् नगर स्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुइटेलको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा हेटौंडा–१६ का अध्यक्ष एवम् समाजिक विकास समितिका संयोजक रामकृष्ण कोईराला, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश हुमागाई, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका मुकेश मिश्र, एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरका अध्यक्ष बसन्त राई, प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक निरञ्जन ढकाललगायतको आतिथ्यता रहेको थियो ।

मुख्य समाचार शिक्षा समाचार समाज स्थानीय