सोमबार सुनचाँदी मूल्य घट्यो

नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  सातोको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ४८ हजार ८ सयमा कारोबार भएकोमा आज १ सयले घटेर छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला एक हजार ७२० रुपैयाँमा करोबार भएको छ । चाँदी अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेको हो।

अर्थ समाचार समाज स्थानीय