अमेरिका पेरिस ओलम्पिकको शिर्ष स्थानमा

पेरिस ओलम्पिकका सबै विधाका खेल सकिंदा अमेरिका अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ ।
अमेरिका र चीन दुबैले समान ४०–४० स्वर्ण जितेपनि पद संख्यामा अमेरिका शिर्ष स्थानमा रहेको हो । अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कास्यसहित कुल १२६ पदक शीर्ष स्थानमा रह्यो भने चीन ४० स्वर्ण, २७ रजत र २४ कास्य सहित कुल ९१ पदक सहित दोस्रो स्थानमा छ ।
जापान २० स्वर्ण, १२ रजत र १३ कास्यसहित तेस्रो स्थानमा र चौथो स्थान रहँदै अष्ट्रेलियाले १८ स्वर्ण १९ रजत, १६ कास्य जितेको छ ।
दक्षिण एशियाली मुलुकमध्ये पाकिस्तानले मात्र स्वर्ण जितेको छ भने भारतले १ रजत र ५ काँस्य पदक जित्यो ।

खेलकुद मुख्य समाचार समाचार