मकवानपुरका लामासहित दुई जना पक्राउ

मकवानपुरका समिर लामा नियन्त्रित लागूऔषधसहित सोमबार राति पक्राउ परेका छन् ।

मकवानपुरको टिस्टुङ पालुङ घर भएका २६ वर्षीय लामा काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ शिबचोकबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका लामा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीसहित अर्का एक जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्ने नुवाकोट घर भएका २४ वर्षीय सिजन श्रेष्ठ रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट नियन्त्रित लागूऔषधसहित ट्रमाडोल २ हजार ४ सय ट्याब्लेट र नगद २९ हजार ८ सय रूपैयाँ बरामद गरेको छ ।

उनीहरुलाई प्रहरी बिट अर्यालगाँउबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।

समाचार समाज स्थानीय