बिहीबार सुनचाँदीको मूल्य स्थिर

साताको पाचौं दिन बिहीबार नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।बुधबार १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहिबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

अर्थ समाचार समाज