हेटौंडामा कर वृद्धि:एमालेका जनप्रतिनिधिको दोहोरो चरित्र, पहिले हुन्छ, अहिले भएन

 हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको २५ गतेको नगर बैठकले सर्वसम्मत पारित गरेको कर वृद्धि र करको शिर्षक हेरफेरको विषयमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले दोहोरो चरित्र देखाएका छन्। कर वृद्धिको विषयमा बसेको बैठकमा कर वृद्धि गर्नुपर्छ भनेर हस्ताक्षर गरेका एमाले जनप्रतिनिधिको हप्ता दिन नबित्दै बुधबार गोप्य बैठक बसेर ४८ जना जनप्रतिनिधिले हस्ताक्षर गरी कर वृद्धि ठिक छैन भनेर पुन नगर बैठकको माग  गरेका छन्। एमाले जनप्रतिनिधिको यस हर्कतले अहिले सामाजिक सञ्जालमा चौतर्फी आलोचना सुरु भएको छ।

यता केही दिनदेखि उपमहानगरले करको दरमा गरेको हेरफेरको विरोध गर्दै मकवानपुर उद्योग बाणिज्य संघले आन्दोलन गरिरहेको अवस्थामा एक्कासि एमालेबाट हेटौंडा उपमहानगरपालिमा निर्वाचित वडाध्यक्ष, सदस्य र कार्यपालिका सदस्यले बैठक आव्हान गर्नु व्यवसायीक मुद्धालाई राजनीतिक ऐजेण्डाको रुपमा अगाडि सारेको होकी भन्ने राजनीतिक विश्लेषकको बुझाइ छ।

आफुहरु बसेर चिया र बिस्कुट खाएरै सर्वसम्मत कर बढाउने कुरा ताली बुझाएर सर्वसम्मत निर्णय कार्यान्वयनमा समर्थन गरेकोमा हप्ता दिन नबित्दै गोप्य बैठक बसेर कर वृद्धि ठिक होइन भन्दै पुन नगर बैठक आव्हान गर्ने कुराले सबै नगरबासी जिल परेका छन्।

हेटौंडा उपमहानगरपालिकाले आर्थिक ऐन साउन १ गते लागू भएर राजस्व संकलन सुरु भइसकेको छ नगरले विभिन्न शिर्षकमा ३३ प्रतिशत देखि १५० प्रतिशत भन्दा बढी कर बढाएको छ। कर वृद्धिकाे विराेधमा मकवानपुर उधाेग वाणिज्य संघले आयाेजना गरेको विरोध कार्यक्रमले राजनैतिक एजेन्डा लिने होकी भन्ने स्वयं व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। मकवानपुर उद्योग वाणिज्य संघले बिहीबार मैन बत्ती बालेर जनप्रतिनिधि खोज्ने कार्य तालिका रहेको छ।

 

FB_IMG_1723684218007-1723684827.jpg
FB_IMG_1723684220502-1723684828.jpg
FB_IMG_1723684222991-1723684847.jpg
FB_IMG_1723684225531-1723684847.jpg
मुख्य समाचार राजनीति समाचार