पूर्वी चितवनको धानखेतीमा गाँज होचो हुने र बोट मर्ने समस्या

पूर्वी चितवनको रत्ननगर, खैरहनी एवम् भरतपुर महानगरपालिकामा लगाइएको धानखेतीमा समस्या देखिएको छ । कृषि कार्यालय चितवनका अधिकृत स्वस्तिका चौहानकाअनुसार रत्ननगर र खैरहनीमा लगाइएको धानमा खाद्यतत्व (जिङ्क)को कमी देखिएको छ ।

यसका कारण गाँज होचो हुने, बोट मर्ने र रोपेको ठाउँ बाँझो हुने समस्या देखिएको उहाँले जानकारी दिनुभयो । यसलाई रोक्नका लागि सेरामिन जिङ्क खाद्यतत्व प्रयोग गर्न उहाँले कृषकलाई सुझाव दिनुभयो । यो स्प्रे गर्दा प्रतिलिटर पानीमा एक ग्राम प्रयोग गरेर गर्न सकिने अधिकृत चौहानले बताउनुभयो । उहाँकाअनुसार धानमा एमोनियम सल्फेक्टको प्रयोग बढी भएको देखिएको छ ।

पूर्वी चितवनमा गरिएको अवलोकनका क्रममा तीन प्रतिशत धानमा फल्फर टक्सीसिटी देखा परेको उहाँले बताउनुभयो । यो समस्या वर्षासँगै समाधान हुँदै जाने उहाँले बताउनुभयो । धानबालीमा भन्दा पनि अन्य बालिमा यसको प्रयोग गरेको र त्यसैको असर अहिले देखिएको अधिकृत चौहानले बताउनुभयो ।

भरतपुर महानगरपालिका क्षेत्रमा लगाइएको धानमा पोटासको खाद्यतत्वको कमी र गवारो देखिएको छ । उहाँकाअनुसार कार्यालयमा दैनिक चारदेखि पाँच वटासम्म समस्या आउने गरेको र ती सबै पोटासको कमी र गवारोको समस्या रहेका छन् । धान रोपेको एक महिनामा नै समस्या देखिन थालेपछि उत्पादनमा कमी आउने आकलन कार्यालयले गरेको छ ।

कृषि समाचार समाचार समाज स्थानीय