हेटौंडामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ।शनिबार दिउँसो हेटौंडा ९ धापमा हेटौडा बजार जादै गरेको बागमती प्रदेश ०३-००५ प २४३ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ५ वर्षीय बालक सिभांस अर्याललाई ठक्कर दिदा ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

अर्याल बाटोको छेउमा हिडिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएको हो। उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको जनाइएको छ ।मोटरसाइकल चालक स्थानीय १७ वर्षीय युवक रहेको र उनलाई मोटरसाइकल सहित इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रण लिइएको जनाइएको छ।

मुख्य समाचार समाचार समाज स्थानीय