पहिरो खस्दा भैसे भिमफेदी सडकखण्ड अवरुद्ध

आइतबार बिहान सुख्खा पहिरो खस्दा भैसे भिमफेदी सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्ड अन्तर्गत भिमफेदी-४ थानसिङमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । पहिरो हटाउने क्रममा रहेकोले बाटो खुल्न अझै १/२ घण्टा लाग्ने जनाइएको छ। बाटो अवरुद्ध हुदा गन्तव्यमा हिडेका सवारी विचमै रोकिएका छन् ।

समाचार समाज स्थानीय