आइतबार सुन प्रतितोला १ लाख ५२ हजार ६ सय

नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सातोको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेर अहिले सम्मकै उच्च पुगेको हो ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ६ सयमा कारोबार भएकोमा आज ३ हजारले बढेर छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा करोबार भएको छ । चाँदी अघिल्लो दिनको तुलनामा ५० रुपैयाँले बढेको हो।

खेलकुद समाचार समाज स्थानीय