राष्ट्रियसभा बैठकमा २ विधेयक पेश हुँदै

राष्ट्रियसभा बैठक आइतबार बस्दै छ । दिउँसो १:१५  बजे बस्ने बैठकमा २ विधेयक पेश हुँदैछन् ।
बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन विधेयक) २०८१ पेश गर्नेछन् ।
त्यस्तै, उनले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

मुख्य समाचार राजनीति समाचार