बागमतीको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

 

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा सुकदेव काफ्लेलाई नियुक्त गरिएको छ । मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) को सिफारिसमा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो ।
नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्री लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चौलागाईले जानकारी दिए ।
दोलखाको तामाकोसी गाउँपालिका निवासी काफ्ले २५ वर्षदेखि कानुन व्यवसायीको रूपमा काम गर्दै आएका छन् । यसअघि पूर्वकानुन तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाजकल्याणमन्त्री लीला कोइरालाको सल्लाहकार भएर काम गरिसकेका काफ्लेले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समिति रहेर काम गरिसकेका छन् ।

 

राजनीति समाचार समाज