मोटरसाइकल दुर्घटनामा इप्रका मनहरीमा कार्यरत बरिष्ठ हवल्दारको मृत्यु

सोमबार बिहान  चितवनमा भएको मोटरसाइकल दुर्घटनामा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत बरिष्ठ हवल्दारको ज्यान गएको छ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी–८ बाबा पेट्रोलपम्पमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३–००३प ६३७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा लमजुङ राइनस नगरपालिका–६ धमेलीकुवाका रत्ननगर नगरपालिका–१५ खोलेसिमल घर भएका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठको ज्यान गएको चितवन प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिएका छन्। मृतक इलाका प्रहरी कार्यालय मनहरीका कार्य बरिष्ठ हवल्दार रहेको जनाइएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

 

मुख्य समाचार समाचार समाज स्थानीय