लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत लिंदैछन् ।
दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेसका २७ र नेकपा एमालेका २९ गरी ५६ प्रदेशसभा सदस्यको समर्थनमा आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेसहित साना दलले ह्वीप जारी गरेका छन् । ८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा बहुमतको लागि ४४ सांसदको मत चाहिन्छ ।