लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन्। उनी गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

 

 

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री आचार्यले ७० मत प्राप्त गरेका थिए।

उनको विपक्षमा ११ मत परेको सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए। लुम्बिनी प्रदेशसभामा ८७ जना सदस्य छन्।

एमाले-कांग्रेस गठबन्धनपछि गएको साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनलाई एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३–३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ७० प्रदेशसभा सदस्यले मत दिए।

मुख्यमन्त्री आचार्यको विपक्षमा माओवादीका ९, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ गरी ११ जना सांसदले मतदान गरे। माओवादीबाट सभामुख तुलाराम घर्ती मगर छन्।

मुख्य समाचार राजनीति समाचार