हेटौंडा उपमहानगरद्वारा एक महिनामा चार करोड ५० लाख राजस्व संकलन

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले पछिल्लो एक महिनाको अवधिमा चार करोड ५० लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

उपमहानरले चालु आार्थिक वर्ष २०८१–०८२ को साउन महिनामा रो रकम बराबरको राजस्व संकलन गरेको उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीले जानकारी दिए ।

उनका अनुसार, उपमहानगरले सम्पत्ति करबाट रु एक करोड ४४ लाख ८५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु एक करोड १८ लाख ७५ हजार, घरबहाल करबाट रु ५० लाख ६५ हजार, सिफारिस दस्तुरबाट रु ३३ लाख ४० हजार राजस्व संकलन गरेको छ ।

यसैगरी, उपमहानगरले बहाल बिटोरी करबाट रु १८ लाख ७८ हजार, व्यवसाय करबाट रु ४१ लाख २१ हजार र प्रशासनिक दण्ड जरिवाना र जफतबाट रु पाँच लाख ९६ हजार राजस्व संकलन गरेको राजस्व शाखा प्रमुख सुवेदीले बताए ।

यो अघिल्लो आर्थिक वर्ष २०८०-०८१ को साउनको तुलनामा २५ लाख ६२ हजार कम राजस्व संकलन भएको हो । आव २०८०-०८१ को साउनमा उपमहानगरपालिकाले रु चार करोड ७५ लाख ७६ हजार राजस्व संकलन गरेको थियो ।

मुख्य समाचार राजनीति समाचार