राष्ट्रपति पौडेलद्वारा टीआरसी विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक बिहीबार प्रमाणीकरण गरेका छन् ।

उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

संघीय संसद्का प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस गरिएको थियो ।

मुख्य समाचार राजनीति समाचार