आज एकैदिन आठ संसदीय समितिको बैठक बस्ने

संघीय संसद्अन्तर्गत आज एकैदिन आठ वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) बैठक बस्न लागेको हो ।

यसैगरी, आज संसदीय सुनुवाइ समिति, सहकारी तथा प्राकृतिक स्रोत समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्न लागेको हो ।

जस अनुसार बिहान ९ बजे अर्थ समितिको, बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको, बिहान साढे ११ बजे विधायन व्यवस्थापन समिति र बिहान साढे ११ बजे नै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ ।

यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) बैठक दिउँसो १ बजे, संसदीय सुनुवाइ समितिको बैठक दिउँसो १ बजे, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो २ बजे र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे बस्नेछ ।

मुख्य समाचार राजनीति समाचार