मकवानपुरका १७३ जनामा डेंगु संक्रमण पुष्टि

मकवानपुर जिल्लाका १ सय ७३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

उक्त तथ्याङ्क साउन १ गतेदेखि भदौ १४ गते शुक्रबार दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा ९४ जना महिला र ७९ जना पुरुष रहेका छन् ।

सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ५६ पुरुष र ७२ महिला गरी १२८ जना, मकवानपुरगढी गाउँपालिकाका ७ पुरुष र ६ महिला गरी १३ जना, बागमती गाउँपालिकाका एक जना पुरुष, कैलाश गाउँपालिकाका दुई पुरुष, मनहरी गाउँपालिकाका १० पुरुष र ६ महिला गरी १६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

यसैगरी, बकैया गाउँपालिकाका ३ पुरुष र ३ महिला गरी ६ जना, भीमफेदी गाउँपालिकाका ३ जना महिला, ठेगाना नखुलेको एक महिला र अन्य जिल्लाका ३ महिलामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जिल्लामा सो अवधिमा डेंगु संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

समाचार समाज स्थानीय