प्रधानमन्त्री ओलीद्वारा हाइड्रोजन कारको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयले नेपालमा पहिलोपटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुक्रबार उद्घाटन गरेका छन् ।

काभ्रेको धुलिखेलस्थित आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुक्रबार उद्घाटन गरेका हुन् ।

विश्वविद्यालयको २९ औं दीक्षान्तअघि सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरिएको हो ।

कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याएको जनाइएको छ ।

मुख्य समाचार राजनीति समाचार