आलोचनाको शिकार भएपछि बालेनले हटाए २९ हजार कमेन्ट आएको स्टाटस ?

बहालवाला प्रदेश सांसदको बारेमा विवादित स्टाटस लेखेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जाल फेसबुककाट हटाएका छन्।

 

 

शर्माले ८ वर्षदेखि घरेलु कामदार राखेर हिंसा गरेको भन्दै बालेनले आइतबार फेसबुकमा स्टाटस लेखेका थिए। आज भने उक्त स्टाटस उनको फेसबुकबाट हटाइएको छ। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि मुछेका थिए।

उनले काठमाडौं महानगरले समात्नभन्दा पनि सरकारले केही नगरेको र मुद्दा चलाउन भने पनि बेवास्ता गरेको जिकिर गरेका थिए।

प्रधानमन्त्री केपी ओलीलाई नै सम्बोधन गरेर हिंसा गर्ने सांसदलाई समाउने कि नसमाउने भनेर बालेनले प्रश्न गरेका थिए।

सांसद शर्माले आफू दाङ बस्ने गरेको र ती बालिका छोरीसँग काठमाडौंमा बस्ने गरेको बताउँदै आएकी छिन्। महानगरले घरेलु कामदारको रूपमा शोषण भएको भन्दै ती बालिकालाई उद्दार गरेको बताउँदै आएको छ।

मुख्य समाचार राजनीति समाचार समाज