मेयर शाहकाे कार्यशैलीप्रति उपमेयर डङ्गाेलकाे असन्तुष्टि

काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले मेयर बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको छ । महानगरको ३५ औं नगर कार्यपालिका बैठकमा आज उपमेयर डङ्गोलले मेयर शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रश्न उठाउनुभएको हो ।

काठमाण्डौका नदी किनारका दुवैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वाेच्च अदालतको फैसलापछि महानगरले सूचना जारी गरेको थियो । त्यही सूचनालाई लिएर डङ्गोलले शाहप्रति प्रश्न उठाउनुभएको हो । महानगरले जारी गरेको सूचनामा प्रमुखस्तरीय निर्णयअनुसार लेखिएको भन्दै उपमेयर डङ्गोलले प्रश्न उठाउनुभएको हो । डङ्गोलले त्यो निर्णय महानगरको हो कि होइन भन्दै प्रश्न गर्नुभयो ।

यस्तै आजको कार्यपालिका बैठकमा काठमाण्डौ महानगरपालिका वडान नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले सर्वाेच्चको फैसलालाई लिएर मेयर शाहले हतारिएर सूचना निकालेको बताउनुभयो ।

मुख्य समाचार राजनीति समाचार