कुखुराको मासुमा तौल बढाउन सिरिञ्जबाट पानी हालिन्छ : सांसद मगर

एमाले सांसद प्रतिनिधि सभा सदस्य रणकुमारी वलम्पाकी मगरले दैनिक उपभोग्य बस्तुमा अत्यधिक विषादी मिसावट हुने गरेको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् ।

उनले व्यापारीहरूले आफूले खाने सामाग्री र बजारमा बेच्ने सामाग्री फरक फरक ढंगले उत्पादन गर्ने गरेको भन्दै व्यपारीहरुले नै फेरि व्यापार व्यवसाय नभएको भनेर गुनासो गर्ने गरेको बताएकी हुन् । ‘हामीले प्रयोग गरेका सामग्रीहरू कस्ता छन् ?’, उनले प्रश्न गर्दै भनिन्, ‘सबै विषादी मिसिएका ।’

उनले दैनिक प्रयोग गर्ने खाद्य सामाग्रीहरु तरकारी, फलफूल र कुखुराको मासुमा मिसावट र तौल बढाउन सिरिञ्ज प्रयोग गर्ने गरेको बताइन् ।

‘घिउमा डाल्डा मिसाउने, महमा चिनी, दुधमा पाउडर, बेसारमा रङ र पीठो मिसाउने, मसलामा काठको धुलो, सिस्नुको धुलोमा स्कुसको पातको धुलो मिसाइने गरेको छ’, उनले भनिन्, ‘कुखुराको मासुमा तौल बढाउन सिरिञ्जबाट पानी मिसाएर तौल बढाएर व्यापारीहरूले बेच्नुहुन्छ । अनि तपाईँहरूको व्यापार व्यवसाय बढ्छ ?’ उनले यस्तो मिसावट र विषादीका कारण मानिसहरू मुटु, मिर्गौला र क्यान्सरजस्ता रोग लागेर अस्पतालमा छटपटाउनुपरेको भन्दै यसबारे सरकार र सरोकारवालाको ध्यानाकर्षण गराइन् ।

मुख्य समाचार राजनीति समाचार समाज स्थानीय