राक्सिराङ्गमा न्वागी पर्वको अवसरमा दुई दिन सार्वजनिक विदा

मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले चेपाङ समुदायको महत्वपूर्ण चाड (न्वागी) को अवसरमा दुई दिन सार्वजनिक विदा दिएको छ ।

पालिकाले मंगलबार एक सूचना जारी गर्दै सो बारे जानकारी दिएको हो । पालिकाका अध्यक्ष राजकुमार मल्लले जारी गरेको सूचनामा न्वागीको अवसरमा यही भदौ २१ र २२ गते सार्वजनिक विदा दिएको उल्लेख छ ।

उक्त दिन गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय एवम् शिक्षण संस्थाहरुमा बन्द हुने भएको छ ।

राक्सिराङ्गमा अति सिमान्तकृत जाति मानिने चेपाङ समुदायको बाहुल्य छ । पालिकाभरि बसोबास गर्ने जनसंख्यामध्ये करिब ४४ प्रतिशत चेपाङ जाति रहेका छन् ।

अध्यक्ष मल्लले चेपाङ समुदायको यस पर्व हर्षोल्लासका साथ मनाउन शुभकामना समेत व्यक्त गरेका छन् ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार समाज