मकवानपुरमा गुडिरहेको सेनाको गाडीमा आगलागी

बिहीबार बिहान त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहानगरमा आर्मी सवार गुडिरहेको नेपाली सेनाको गाडीमा अचानक आगलागी भएको छ। थाहानगर ४ दामन स्थित राजमार्गमै गुडिरहेको रहेको अवस्थामा बा १ ग ३४३६ नम्बरको वानटन गाडी अचानक आगलागी भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

उक्त सवारी थाहा नगरमा रहेको नेपाली सेनाको चनमन ब्यारेकको भएको र लागेको आगो थाहानगरको दमकल, प्रहरी स्थानीयको सहयोगमा करिब आधा घण्टापछि नियन्त्रणमा लिइएको थियो। घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

समाचार समाज स्थानीय