पहिरोले हेटौंडा ११ मा एक घर भत्कायो

बिहिबार बिहान अविरल वर्षाका कारण पहिरो खस्दा हेटौंडामा एक  स्थानीयको घर भत्किएको छ।

बिहीबार बिहान हेटौडा -११ झोलुङ्गे पुल नजिक स्थानीय तुल बहादुर श्रेष्ठको ब्लक र जस्ता पाताले छाएको एक तले घरमा अविरल बर्षाको कारण घरको पछाडीबाट पहिरो खस्दा घर भत्किएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।पहिरोले घरमा क्षती पुर्याएको तर मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। पहिरोले भान्छा कोठा, विद्युतीय उपकरणका क्षती पुगेको जनाइएको छ ।

समाचार समाज स्थानीय