प्रकाश तामाङका लागि घर निर्माण शुरू

भाेजपुर – हराएको ३३ वर्षपछि युट्युब च्यानल ‘हेर्ने कथा’ मार्फत बाहिर आएका भोजपुरका प्रकाश तामाङका लागि घर निर्माण शुरू भएको छ ।

भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा प्रकाशका लागि निर्माण हुने घरको पूर्वमन्त्री एवम् सांसद सुदन किराती र भूतपूर्व गोर्खा सैनिक सङ्घ (गेसो) का अध्यक्ष कृष्णकुमार राईसँगै प्रकाशका बुबाआमाले संयुक्तरूपमा शिलान्यास गर्नुभएको छ ।

गेसोका अध्यक्ष राईले आफ्नो पुर्ख्याैली सात रोपनी जग्गा प्रकाशलाई घर निर्माण गर्न दिनुभएको छ । उपलब्ध गराइएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाइमा पाँच कोठे घर निर्माण हुनेछ । घर निर्माण गर्न सांसद किरातीको संयोजकत्वमा पार्टी कार्यकर्ताबाट श्रमदान तथा आर्थिक सहयोग जुटाउने लक्ष्य छ ।

झन्डै ३३ वर्ष हराएका ४३ वर्षीय तामाङको अवस्था ‘हेर्ने कथा’ ले बाहिर ल्याएर बुबाआमासँग भेट गराइदिएको थियो । प्रकाशका लागि अहिले सहयोगी निकायबाट सहयोग हुँदै आइरहेको छ ।

तस्बिर : पूर्वमन्त्री किरातीकाे फेसबुकबाट

मुख्य समाचार समाचार समाज स्थानीय