कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीको आमरण अनशन तोडियो

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको आमरण अनशन तोडेका छन् ।
प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले माग पूरा गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेपछि अनशन तोडिएको हो ।
मंगलबार दिउँसोदेखि आमरण अनशन बसेका कार्कीले विराटनगर–६ निवासी निर्मला शर्माका ४२ दिनका शिशुको हातबाट जुस पिई अनशन तोडेका छन् ।
सहमतिमा सम्पूर्ण मागहरू मध्ये कतिपय माग कोशी प्रदेश सरकारको ०८१/०८२को बजेटमा रकम विनियोजन भई कार्यान्वयनका क्रममा रहेकोमा सो विषयहरू तत्काल (प्रारम्भ) कार्यान्वयन गर्ने, तथा स्वास्थ्य जस्ता गम्भीर केही विषयहरू समेतका सन्दर्भमा अनशनरत पूर्व मुख्यमन्त्री कार्कीसँग छलफल, समन्वय गरी सहमतिका आधारमा तत्काल कार्यान्वयन गर्ने उल्लेख छ ।

प्रदेश - १ प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार