बागमती प्रदेशमा हैजा संक्रमितको संख्या ६४ पुग्यो

बागमती प्रदेशमा हैजा संक्रमितको कुल संखया ६४ पुगेको छ । गत साउनको पहिलो साताबाट हालसम्म प्रदेशका ६४ जनामा हैजा संक्रमित फेला परेकाहुन् ।

प्रदेशमा सबैभन्दा बढी ललितपुर जिल्लामा हैजा संक्रमित भेटिएका छन् । त्यहाँ ५१ जनामा शैजा पुष्टि भएको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिए ।

यस्तै, मन्त्रालयका सूचना अधिकृत भुसालका अनुसार, काठमाडौंका १२ जना र मकवानपुरका एक जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले गर्मी तथा वर्षायाममा विशेष गरी बालबालिकामा झाडापखाला, हैजा जस्ता रोग फैलिने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

साथै झाडापखाला, हैजा जस्ता रोगबाट बच्न सरसफाइमा ध्यान दिन स्वच्छ पानी तथा खाना खान, नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै पटक–पटक गरी खुबाइरहन पनि मन्त्रालयले भनेको छ ।

मुख्य समाचार समाचार समाज