मौसम आंशिकदेखि साधारणतया बदली रहने

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभावसंगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ।
हाल गण्डकी, लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली र बाँकी प्रदेशहरुमा आंशिकदेखि साधारणतया बदली रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राती सुदूरपश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशहरुमा आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हावाहुरी सहित भारीदेखि  धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

समाचार समाज स्थानीय