पूर्वसांसद श्रेष्ठ लागूऔषध कारोबारको आरोपमा प्रहरी नियन्त्रणमा

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबारको आरोपमा प्रहरी नियन्त्रणमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाका अनुसार श्रेष्ठलाई पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित शुभविहानी पोलिक्लिनिकबाट पक्राउ गरिएको हो ।
साउन ३ गते पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट रोल्पाको त्रिवेणी गाउँपालिका-७ का ४२ वर्षीय प्रकाश थापा मगरलाई लागूऔषधसहित पक्राउ गरिएको थियो । उनको बयानपछि श्रेष्ठको संलग्नता खुलेको र श्रेष्ठ दिया फार्मेसीका संचालक समेत रहेका श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मुख्य समाचार राजनीति समाचार