एमालेको सचिवालय बैठक आज बस्दै

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।
बैठक दिउँसो १२:३० बजे शुरु हुने जनाइएको छ । पार्टीका कार्यालय सचिव भीष्म अधिकारीले बैठकको एजेण्डाबारे जानकारी दिंदै समसामयिक विषयहरूका साथै पार्टीको वार्षिक कार्ययोजना प्रमुख छलफलको विषय हुने जनाए ।
भदौ १८ र १९ गते सम्पन्न पोलिट्ब्युरो बैठकले वार्षिक कार्ययोजनाका सम्बन्धमा विभिन्न सुझावहरू प्रस्तुत गरेको थियो । ती सुझावहरूलाई समावेश गरी कार्ययोजनालाई अन्तिम रूप दिने जिम्मेवारी पार्टी सचिवालयलाई प्रदान गरिएको थियो ।

मुख्य समाचार राजनीति समाचार