सिमराबाट काठमाडौं जाँदै गरेको ट्रक त्रिशूलीमा खस्यो

रामनगर ।मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर २९ मा सामान बोकेको ट्रक त्रिशूली नदीमा  खसेको छ।

आइतबार बिहान सिमराबाट काठमाडौं जाँदै गरेको ना ६ ख  ६२८३ नम्बरको ट्रक  भरतपुर महानगरपालिका-२९ को २५ किलो भन्ने स्थानबाट त्रिशूली नदीमा खसेको जानकारी आएको  चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले   बताएका छन् ।उक्त ट्रक बाराको एक उद्योगबाट खानेतेल लोड गरेर काठमाडौं जाँदै  गरेको बुझिएको छ । ट्रकमा कति मानिस थिए यकिन नभएको र खोजी कार्य सुरु गरिसकेको यद्यपि विस्तृत विवरण आइनसकेको डिएसपी रिजालले बताएका छन्।

समाचार समाज स्थानीय