आइतबार पारिजातपथ एरियामा ९ घण्टा विद्युत नहुने

 हेटौंडा ४ पारिजातपथ एरियामा आइतबार  ९ घण्टा विद्युत कटौती हुने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले शनिबार सुचना मार्फत वितरण केन्द्र अन्तर्गत हेटौंडा ४ पारिजातपथ स्थित कबड हल अगाडी रहेको ३०० के भि को ट्रान्सफरकोलाइनको तार अपग्रेड गर्नुपर्ने भएकाले बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म विद्युत नहुने जनाएको छ।

केन्द्रले यो एरियामा करेन्ट नहुने जनाइएको हो । प्राधिकरणले शुक्रबार दिउँसो पनि सोही कामको लागि विद्युत कटौती गरेरे काम गरेकोमा काम नसकिएपछि आज पनि ९ घण्टा विद्युत आपूर्ति बन्द गरेरे काम गर्न लागेको हो।

 

Screenshot_20240914_17040-1726363136.jpg
मुख्य समाचार समाचार समाज स्थानीय